कार्यक्रम

कार्यक्रमको उद्देश्य

(क) दुर्गम तथा उत्तरी सिमावर्ती क्षेत्रका जनतालाई राष्ट्रिय एकतामा आबद्ध गरी विकास निर्माण कार्यमा संलग्न गराउने ।
(ख) प्राचिन कला संस्कृति तथा पुरातात्विक महत्वका बस्तुहरुको संरक्षण र सम्बद्र्धन गर्ने ।
(ग) मुलुकको अन्य भागमा भैरहेको बिभिन्न बिकास निर्माण तथा आधुनिकिकरण प्रयाससँग दुर्गम क्षेत्रका जनतालाई परिचित गराई उनिहरुमा आत्मबल र आत्मविश्वासको भावना अभिबृद्धि गराउने ।
(घ) दुर्गम क्षेत्रका जनतालाई पनि सुगम सरहको स्थितीमा ल्याउन ग्रामिण आधारशिलाको कार्यक्रमहरु खानेपानी, पुल, सिंचाई, बिद्युत, बाटोघाटो र आयस्तर बृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने ।
(ङ) दुर्गम क्षेत्रको समग्र बिकासको लागि आर्थिक, सामाजिक र सांस्कृतिक बिकास समन्वयात्मक रुपमा एकिकृत रुपले संचालन गर्न, श्रोत संरक्षण र वातावरण बिच समेत सन्तुलन गराउन सहयोग पु¥याउने ।

कार्यक्रमहरु

१. ग्रामिण आधारशिलाका कार्यक्रमहरु
(क) गोरेटो, घोडेटो र चक्रेटो बाटो
(ख) पूलहरु
(ग) उत्तरी सिमानाका मोटरबाटो
२. सिंचाई, खानेपानी तथा सरसफाइका कार्यक्रमहरु
३. समुदायमा आधारित स–साना जल बिद्युत कार्यक्रम
४. जडिबुटी बिकास कार्यक्रम
५. तालिम कार्यक्रमहरु :  सिकर्मी, डकर्मी, प्लम्बर, रेडियो, टि.भी र घडी मर्मत, सिलाई, प्रिन्टिङ प्रेस, जुत्ता सिलाई, होटल ब्याबसायी, आम्चीहरुको जडिबुटी, आम्ची स्कुलका शिक्षकहरुलाई, अप्रेटर तालिम ।

कार्यक्रम कार्यान्वयन :

दुर्गम क्षेत्र बिकास समितिको आयोजनाहरुको कार्यान्वयन जि.वि.स. कार्यालय मार्फत समितिका प्राबिधिक र प्रशासनिक कर्मचारीहरुबाट गरिने ।